जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १४:३७

प्रेस काउन्सिलको कार्यक्रममा गएनन् प्रधानमन्त्री, सल्लाहकार टीमले गरिदियो अन्तिम समयमा रद्ध


काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली प्रेस काउन्सिल नेपालको कार्यक्रममा नजाने निर्णय लिनुभएको छ ।

काउन्सिलले आज आयोजना गरेको डिजिटल मिडिया सम्बन्धी कार्यक्रममा सल्लाहकार समूहबाटै नजान सुझाव आएपछि विशेष कारण देखाइ प्रधानमन्त्री ओलीलेअन्तिम समयमा जाने कार्यक्रम रद्द गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयले जाने कार्यक्रम रद्ध भएको जानकारी गराइन्छ मात्रै जानकारी गराएको छ । अन्य कारण भने खोलेको छैन ।

जेठ १९ गते अर्थात सोमबारबाट आफ्नो कार्यकाल सकाउन लाग्नुभएका अध्यक्ष बालकृष्ण बस्नेतले आज आफ्नो कार्यकालकै अन्तिम कार्यक्रममा प्रधानमन्त्री बोलाउनु भएको थियो ।

तर प्रधानमन्त्री नआएपछि जाने बेलाको कार्यक्रम नै खल्लो भएको छ । अध्यक्ष बस्नेतले पनि नमिठो महसुस गर्नुभएको छ । एमाले निकट पत्रकारहरुले नै अध्यक्ष बस्नेतको कार्यक्रममा जान नहुनेभन्दै सल्लाहकार टीमलाई कन्भिन्स गराएको बताइएको छ ।