जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १५:२९

प्रेस चौतारीको संस्थापक अध्यक्ष विजय चालिसेको आजै अन्तिम संस्कार 


काठमाडौं, १६ जेठ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार स्वर्गीय विजय चालिसेको आजै अन्तिम संस्कार गरिएको छ ।

चालिसेको आज दिउँसो गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिएको हो । उहाँको अन्तिम संस्कारमा पत्रकार, साहित्यकार लगायत पुग्नु भएको थियो ।

गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको थियो । उहाँले केही समयदेखि अस्वास्थ्य हुनुहुन्थ्यो ।

उहाँको पार्थिव सरिरमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रेस चौतारी नेपालको झण्डा ओढाउनुभएको थियो । गोकर्णेश्वर घाटमा संगठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वरिष्ठ नेता विश्वमणि सुवेदी, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हीरामान लामा, उपमहासचिव हरिबल्लभ नेपाल, सचिवहरू विष्णु तारुके, नरेश भण्डारी लगायत पुग्नु भएको थियो ।