काठमाडौँ । नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार (जेठ १३) काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको निम्न औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका थिए ।
उनकोे साथबाट विभिन्न किसिमका ट्याब्लेट, किटहरु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरक्षिक अपील राज बोहराले बताए । उनलाई आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्