काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले ल्याएको बजेट तथा कार्यक्रम कर्णप्रिय रहेको बताउनुभएको छ ।
शुक्रबार वाग्मतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेट सही रूपमा कार्यान्वयन भयो भने उपलब्धि दिने उहाँको धारणा छ । सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयन पक्ष कमजोर भएको उहाँले बताउनुभयो ।
‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ, तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाहिँ अत्यन्तै कमजोर छ, राम्रो कामलाई राम्रो भन्नुपर्छ, तर गलत गरेको छ भने गलत भन्नै पर्छ, भन्न नसक्ने हो भने हामी बिपीका अनुयायी हुँदैनौँ’, कोइरालाले भन्नुभयो ।
नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको बताउँदै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताउनुभयो । राजाले गरेको अन्याय थाहा पाउने हो भने उनीहरू यति धेरै निराश नहुने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्