जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार ०६:४५

मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा


काठमाडौं, १७ जेठ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि कोशीसँगै मधेश, बागमती, कर्णाली प्रदेशलगायतका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसपालिको मनसुन दुई हप्ता छिटो अस्ति बिहीवार रातिदेखि कोशी प्रदेशबाट भित्रिएको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।