काठमाडौं, २० जेठ । कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ । यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ । कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरीफर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्