काठमाडौं, २१ जेठ । खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का ३२ वर्षीय अर्जुन गुरुङ छन् ।उनले आफ्ना छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
२१ जेठ राति पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र तेजेन्द्रकी श्रीमती सरिता लिम्बुबीच सामान्य विवाद भएको थियो । फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनीहरूकै घर पठाएकोमा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
हत्या गरेको आरोपमा एक जना पक्राउ

प्रतिक्रिया दिनुहोस्