जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार १४:१५

लिङ्क इन्टरनेशनल म्यानपावरको अवैध धन्दा : नेपालमा दर्ता-भारतीयको कब्जा, कामदारको हरिबिजोग (भिडियोसहित)


काठमाडौं, जेठ ३१ । नेपाल सरकार, वैदेशिक रोजगार विभागद्वारा स्वीकृत प्राप्त एक म्यानपावर कम्पनीले भारतीय दलालको इशारामा काम गर्ने गरेको तथ्य उजागर भएको छ । नेपाल सरकारद्धारा वैधानिक दर्ता भएता पनि लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि पूर्णरुपमा भारतीय दलालद्धारा सञ्चालनमा रहेको घटनाक्रमले उजागर गरेको हो ।

यसका लागि नेपालका म्यानपावर सञ्चालकले आम्दानीको निश्चित प्रतिशत कमिशनमा चित्त बुझाउने गरेका पाइएको छ । यसअघि फाट्टफुट्ट कामदार विदेशका विभिन्न मुलुकमा उड्ने गरेको भए पनि भारतीयको साझेदारीमा जोडिएपछि लिंक इन्टरनेशनलमा निकै चहलपहल बढेको छ । त्यहाँबाट कामदार विदेश उड्ने क्रम बर्षातको भेल जस्तै गरी उर्लिएको अवस्था छ ।

भारतको मुम्बई शहरमा मुख्य कार्यालय रहेको र भारतमै दर्ता रहेको ((BO126/MUM/PER/1000+/5/4767/96) लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस ((http://www.linkindiamanpower.com) को इशारामा नेपालस्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस सञ्चालनमा ल्याएको हो । श्रम इजाजत नम्बर (८२१/०६६/०६७) रहेको साविकको नाईल ओभरसिज प्रालिले भारतीय दलालकै निर्देशनमा नाम परिवर्तन गरी दुरुस्त नाम राख्न लगाएको हो ।

हेर्नाेस लोगोदेखि नामसम्म एउटै

नेपाली श्रमिक पठाउने सन्दर्भमा भारतीय साझेदारसँग सहकार्य भएको लिंक इन्टरनेशनल म्यानपावर कम्पनीकै एक कर्मचारीले स्वीकार गरे । उनले भने, ‘डिमाण्ड दिने, जाने श्रमिकलाई काममा लगाउने, कम्पनीमा कुनै समस्या आई परे सामाधान गर्ने, कम्पनी हेराफेरी गर्ने लगायतका सबै काम मुख्य कार्यालयबाटै खटाइएका कर्मचारीबाट हुने गर्छ ।’ तर, आफूलाई व्यवसायका सन्दर्भमा भएको समझदारी अर्थात् सर्तबारे भने खासै जानकारी नभएको उनले बताए ।

नेपाली श्रमिक पठाउने सन्दर्भमा भारतीय साझेदारसँग सहकार्य भएको लिंक इन्टरनेशनल म्यानपावर कम्पनीकै एक कर्मचारीले स्वीकार गरे । उनले भने, डिमाण्ड दिने, जाने श्रमिकलाई काममा लगाउने, कम्पनीमा कुनै समस्या आई परे सामाधान गर्ने, कम्पनी हेराफेरी गर्नेलगायतका सबै काम मुख्य कार्यालयबाटै खटाइएका कर्मचारीबाट हुनेगर्छ । तर, आफूलाई व्यवसायका सन्दर्भमा भएको समझदारी अर्थात् सर्तबारे भने खासै जानकारी नभएको बताए ।

म्यानपावरको नाम मात्र मिल्नु संयोग मान्न सकिन्छ । तर, कम्पनीको लोगो र गर्ने व्यावसायिक क्रियाकलापसमेत हुबहु मिल्नु अर्थात् उतैको निर्देशनलाई पूर्णरुपमा पालना गर्नुलाई के भन्ने ? समाचार स्रोतका अनुसार भारतीय कामदारले रोजगारदाताका तर्फबाट प्राप्त गर्ने सेवा र सुविधा, पारिश्रमिक नेपालीको भन्दा निकै बढी छ । र नेपालीलाई जहाँ जस्तो काम लगाउँदा पनि कुनै गुनासो नगर्ने भएकाले लिंक इन्टरनेशनल नामको कम्पनीका तर्फबाट खाडी मुलुकका कम्पनीमा लिइएको मागपत्र अफ्ठ्यारो र गुनासो आइरहने कामको मागपत्र नेपालका लागि बनाउने गरिन्छ ।

एउटै कम्पनी, उही काम पनि भारतीयले भन्दा नेपाली श्रमिकले कम पारिश्रमिक पाउने गर्छन् भने कतिपय अवस्थामा ओभरटाइम समेत उपलब्ध गराइँदैन । कुनै गुनासो गरेको खण्डमा जागिरबाट हटाइदिने, अन्यत्र सारिदिने जस्ता धम्की मुख्य कार्यालयबाट खटाइएका कर्मचारीले नेपाली श्रमिकलाई दिने गर्छन । जतिसुकै पेलानमा परे पनि वा पारिश्रमिकको सन्दर्भमा गुनासो रहे पनि नेपाली श्रमिकको गुनासो सम्वोधन हुँदैन ।

खसीबाख्रा बेचिएकै शैली अपनाइन्छ । भारतीय र नेपाली कामदार एकै ठाउँमा काम गर्दा प्राप्त हुने पारिश्रमिक र सेवा सुविधाका बारेमा कुनै नेपालीले गुनासो गर्यो र त्यो कामदार हिन्दी र अंग्रेजी भाषा बुझ्ने र कुरा गर्न सक्ने रहेछ भने उसलाई या त तत्कालै अर्को कम्पनीमा स्तानान्तरण गरिन्छ वा नेपाल फर्काउनेसम्मको हर्कत अपनाइन्छ । थुप्रै नेपाली कामदार भेदभाव बारे गरेको गुनासोकै कारण नेपाल फर्काइएको र उनीहरुले क्षतीपूर्ति समेत नपाएको पनि भेटीएको छ ।

कुवेतमा केही समस्या आएको थियो, म आफै गएर समाधान गरेको हो । एउटा प्रोजेक्ट सुरु नभएको कारण केही कामदारको समस्या छ । त्यो पनि समाधान गर्न आज जादैछु,’ काफ्लेले भन्नुभयो ।

खाडीका विभिन्न मुलुकमा नेपाली श्रमिक पठाउँदा सरकारले निःशुल्क वा न्यूनतम शुल्क तोकेको भएपनि लिंक इन्टरनेशनल म्यानपावर कम्पनीले प्रति कामदार साढे २ लाखदेखि ३ लाखसम्म असुल गर्ने गरेको छ । र, पनि वैदेशिक रोजगार विभाग यसबारेमा मौन छ । एउटै नाम, एउटै उद्देश्य, एउटै लोगोका सन्दर्भमा वैदेशिक रोजगार विभाग यसबारे अनुसन्धान गर्नै पर्ने बताउँछ ।

समाचार स्रोतको दावी अनुसार भारतमा दर्ता रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले खासगरी आउट सोर्सीड्ग अर्थात् कामदार सप्लाईको काम गर्ने गर्छ । त्यसै कारण पनि एउटा कम्पनीमा काम गर्न भनेर गएका कामदारले त्यो कम्पनीमा काम पाएकै हुन्नन । काठमाडौंबाट उडेलगत्तै उनीहरुको राहदानी कब्जामा लिइन्छ र उनीहरुले भनेकै ठाउँमा सुरुसुरु काम गर्न बाध्य पारिन्छ । खाडीका मुलुकको कानून केही कडा छ ।

राहदानी वेगर कम्पनी फेरेर आफूखुसी काम गर्ने कुरा त परको, यता–त्यता गर्नबाट समेत वञ्चित हुनु पर्ने भएकाले कैदी सरह रहनु पर्ने स्थिति छ । नेपालबाट उड्नु अघि देखाइएका सपना खाडी मुलुक पुगेको भोलीपल्टै भताभुंग हुन्छ । तैपनि, ’मिलाउँदै छौं, मिलाउँछौं, वेट गर्नु, नआत्तिनु’ यस्तै–यस्तै आशातित शब्दका लालीपप देखाउने गरिन्छ । विस्तारै जवरजस्त उनीहरुले नै खटाएको ठाउँमा, तोकेकै काम गर्न बाध्य पारिन्छ ।

लिंक म्यानपावरका संचालक महेश काफ्लेले भिडियो पुरानो भैसकेको र सो समस्या लगभग समाधान गरिसकेको बताउनु भयो । उहाले आफूले हालसम्म काम गर्दा आरोप लगाइएको जस्तो कुनै काम नगरेको बताउनु भयो ।

‘कुवेतमा केही समस्या आएको थियो, म आफै गएर समाधान गरेको हो । एउटा प्रोजेक्ट सुरु नभएको कारण केही कामदारको समस्या छ । त्यो पनि समाधान गर्न आज जादैछु,’ काफ्लेले भन्नुभयो ।

त्यतिमात्र होइन, नेपालबाट एउटा कम्पनी, कुनै कामका लागि भनेर लगिएका महिला कामदारलाई खाडीको विभिन्न स्थानमा पुराइसकेपछि त्यहाँस्थित लिंक इन्टरनेशनलको मुख्य कार्यालयद्धारा स्थापित सप्लाई सेन्टरमा राखेर ’हाउस मेट’का रुपमा दशैंका खसीबाख्रा बेचेसरी उनीहरुलाई ’अक्सनुमा राख्न’ गरीन्छ । ’हाउस मेट’कै रुपमा नेपालबाट पठाउनु पर्दा कामदारको हितमा थुप्रै सर्त पालना गर्नु पर्ने, उनीहरुको सेवा–सुविधा, सुरक्षा र पारिश्रमिक पनि बढी नै तोकिएकाले यस्तो ’ट्रिक’ अपनाइएको हो ।

नेपालबाट ’हाउसमेट’मा लैजानु पर्दा रोजगारदाताले कामदार स्वदेश नफर्कँदासम्म प्रति कामदार केही रकम ग्यारेन्टी वापत डिपोजिट गर्नु पर्ने भएकाले पनि नेपालको म्यानपावरबाट लगिएका नेपाली महिला कामदारलाई ’हाउस मेट’मा लैजान त्यस्तो उपाय अवलम्वन गरिएको स्रोतले बताएको छ ।

सुन्नोस त म्यानपावर र कामदारबीचको कुरा