जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार १७:२४

रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


रौतहट, ३१ जेठ । रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

खेतबाट सडकमा निकाल्ने क्रममा ना४त २०६८ नं. को ट्रयाक्टर अगाडिको भाग उठेर पल्टिएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई हुसेनी चोक र आकरपाथरको भित्री सडकखण्डमा दुर्घटना भएको रौतहट प्रहरीले जानकारी दिएको हो ।

वृन्दावन नगरपालिका–७ स्थितमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा २४ वर्षीय चालक नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका मन्सुरीलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको थियो । चन्द्रपुर अस्पतालमा उपचारका क्रममा चालक मन्सुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।

यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।