जनता टाइम्स

३१ जेष्ठ २०८२, शनिबार १५:२०

अब राजनीतिलाई विकाससँग जोड्नु पर्छ : देवेन्द्र दाहाल  


काठमाडौं, ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासको लागि प्रतिबद्धता र एकता आवश्यक पर्ने बताउनुभएकाे छ ।

नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको दोलालघाट–चर्नावती सुरुङ मार्ग निर्माण बारेको छलफलमा बोल्दै मन्त्री दाहालले सबैको साझा सहमतिले सो आयोजना निर्माणको आधार बनेको बताउनुभयो । ‘जनताको प्रतिबद्धता भयो भने मात्र विकास गर्न सजिलो हुन्छ, विकास निर्माणको काममा जनताले चिसो राखे भने मात्र छिटो विकास हुन्छ’, उहाँले भन्नुभयो ।

दोलालघाट–चर्नावती सुरुङमार्ग निर्माण अबको आवश्यकता भएको बताउँदै उहाँले सो मार्ग बनाउने आउने चुनौती पार गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । ‘अब हामीले राजनीतिलाई विकाससँग जोड्नु पर्छ, त्यो कामको सुरुवात नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले गरेको छ’, उहाँले भन्नुभयो ।

सो सुरुङमार्ग दोलखाका जनताको साझा अवधारणा बनेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । ‘जनताको साझा अवधारण बन्यो भने विकासको काम हुन्छ’, उहाँले भन्नुभयो ।

नेपाल दुई वटा ठुला ठुला देशको बिचमा रहेको बताउँदै उहाँले नेपालले दुईवाट देशको सम्बन्धलाई जोड्नु पर्नेमा बताउनुभयो ।

भारत र चीनको सम्बन्धलाई जोड्न नेपालले ठुला र छोटा सडक बनाउनु पर्नेका उहाँले जोड दिनुभयो । सो सुरुङ मार्ग चीनसँगको सम्बन्ध विस्तारको लागि कोषेढुंगा साबित हुने उहाँले स्पष्ट पार्नुभयो । ‘यो काठमाडौँलाई चीनसँग जोड्ने अर्को फाष्टट्रयाक हुन सक्छ’, उहाँले भन्नुभयो ।

नेपालमा पूर्वदेखि पश्चिमसम्मका सडक र विभिन्न कोरिडोरहरू बन्ने क्रममा रहेका उहाँले बताउनुभयो । धेरै सडकमा ८० प्रतिशत भन्दा बढी प्रगति भएको उहाँले सुनाउनुभयो । यो कुरा जनताको बिचमा पनि लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । कमजोर भूबनोट भएका क्षेत्रमा टनेलको अवधारणा ल्याउनु पर्ने पौडेलको धारणा छ ।

दोलखा नेपालको सुन नै सुन फल्ने ठाउँ भएको पौडेलले बताउनुभयो । दोलखामा कयौँ हाइड्रो पावर सञ्चालन गर्न सकिने र त्यसले सुन फलाउने उहाँको धारणा छ ।

पौडेलले दोलखाबाट चीन जोड्ने सडक सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । चीनको बाटोसँग नेपालको बाटोलाई जोडन सक्यो भने धेरै सम्भावना बढ्ने पौडेलको धारणा छ ।