जनता टाइम्स

३ असार २०८२, मंगलवार १४:३३

रास्वपाले भिरेको रिबनलाई कांग्रेसले भन्यो– अमर्यादित पोसाक


काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद्‌ बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको हो । रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उहाँको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् बैठकमा सहभागी छन्।