सिन्धुली, १६ असार । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–१४ चन्दनपुर निवासी अन्दाजी ३५ वर्षीय राजेन्द्र कुँवरको मृत्यु भएको हो । कार्यालयका अनुसार आइतबार राति रानीबासबाट भिमानतर्फ आउँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका कुँवरलाई उपचारका लागि बर्दिबास लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते १४ वर्षीय करण कुमरको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्