रामेछाप, ३१ असार । सानीमदौ सामुदायिक सिकाइ केन्द्र, मन्थली नगरपालिका–१ रामेछापले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। वडाभित्र रहेका योगदानदायी २० जना ज्येष्ठ नागरिकलाई विशेष कार्यक्रमका बिच सम्मान गरिएको हो।
वाग्मती प्रदेश सभा सदस्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा र सानीमदौ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका आगन्तुकहरूलाई शान्ता न्यौपाने सुवेदीले स्वागत गर्नुभएको थियो ।
स्थानीय संस्कृति, सामुदायिक सद्भाव र ज्येष्ठ नागरिकको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानित ज्येष्ठ नागरिक स्थानीय स्तरमा दीर्घकालीन योगदान दिने व्यक्तिहरू रहेका छन्।

सम्मानित सबै ज्येष्ठ नागरिकहरूलाई आयोजक संस्था सानीमदौ सामुदायिक सिकाइ केन्द्रले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।कार्यक्रममार्फत वृद्ध व्यक्तिहरूप्रतिको कदर, सम्मान र सामाजिक सद्भाव बढाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
ज्येष्ठ नागरिकहरू जीवित इतिहास भयकोले उहाँहरूको सम्मान इतिहासको सम्मान भएको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो । उहाँहरूबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेको उहाँको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्