रामेछाप, १ साउन । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ।
स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातामा पर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। गम्भीर अवस्थामा रहेकी एलिसालाई बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएकाे र हाल काठमाडौं मेडिकल कलेज, के एमसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयाे ।
घटनापछि फरार रहेका रजिनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्