जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार २२:४१

 जिल्ला प्रशासन कार्यालय रामेछापमा विद्युतीय टोकन प्रणाली सुरु


रामेछाप, १ साउन । सेवाग्राहीलाई छिटो र सहज सेवा दिन जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबारदेखि विद्युतीय टोकन प्रणाली लागू गरेको छ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्न र सेवा वितरणलाई पारदर्शी बनाउन ल्याइएको यो प्रणाली नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रजस्ता अत्यधिक चाप हुने शाखामा सुरु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार टाेकन लागु भएपछि सेवा लिन आउने व्यक्तिले ‘पहिला आउनेको पहिला काम’ को आधारमा सेवा पाउने छन्। “सेवामा कसैले भेदभाव महसुस नगरोस् भनेर यो प्रणाली ल्याएका हौँ,” उहाँले भन्नुभयो।

रामेछाप नगरपालिकाको सहकार्यमा स्थापना गरिएको साे प्रणालीलाई  थप व्यवस्थित गरी पूर्ण रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।