जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार ०९:४६

कैलालीमा नदीमा डुबेर दुई युवाको मृत्यु


कैलाली, २ साउन । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा लिक्मा नदीमा डुबेर दुई युवाको मृत्यु भएको छ।

नदीमा डुबेका उनीहरूलाई उद्धार गरिए पनि ज्यान भने जाेगाउन नसकिएकाे प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय मसुरियाका अनुसार, डुबेको अवस्थामा भेटिएकाहरूलाई बिहीबार दिउँसो ३ बजे उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। वर्षा याममा नदीमा पानीको सतह उच्च हुने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन  प्रहरीले अनुरोध गरेकाे छ ।