जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार १०:१५

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी, सरकारमा गएका मन्त्रीसमेत सहभागी


काठमाडौं, १० साउन  । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा जारी रहेको छ।

बैठकमा देउवासहित वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरू सहभागी छन्। सत्ता साझेदार दलभित्र सरकारप्रति असन्तुष्टि देखिन थालेको सन्दर्भमा कांग्रेसले मन्त्रीसमेत सहभागी गराएर पदाधिकारी बैठक डाकेको हो।

बैठकमा पार्टीभित्रको आन्तरिक समन्वय, सत्ता समीकरण, प्रधानमन्त्री ओलीसँगको संवाद र कार्यशैलीबारे गम्भीर समीक्षा भइरहेको कांग्रेस नेताहरूले जनाएका छन्। बैठकमा विशेषगरी एमालेसँगको सहकार्यको अवस्था, आगामी रणनीति र सरकारमा गएका मन्त्रीहरूको भूमिकामाथि मूल्याङ्कन भइरहेको बताइएकाे छ ।

केही मन्त्रीको कार्यसम्पादन कमजोर भएको, कांग्रेसको नीति नबुझी व्यक्तिगत शैलीमा चलेको गुनासो बढेको र त्यसबारे नेतृत्वले गम्भीर छलफल गरिरहेको छ। देउवाले सत्ता समीकरणमा रहेको भूमिकालाई सन्तुलित बनाउँदै पार्टीलाई कमजोर नबनाउने रणनीतिमा छलफल थाल्नु भएकाे हाे ।