जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार ११:५३

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेट : जेनेभा सम्मेलनबारे दिनुभयो जानकारी


काठमाडौं, साउन १० । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति निवास शीतल निवासमा उहाँहरु बिच भेटवार्ता भएको हाे ।

राष्ट्रपतिको सचिवालयका अनुसार सभामुख घिमिरेले जुलाई २९ देखि ३१ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने संसद्का सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागितासम्बन्धी जानकारी राष्ट्रपति पौडेललाई दिनुभएको हो।

सभामुख घिमिरे सम्मेलनमा सहभागी हुन आउँदो जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।