काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयास स्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताउनुभएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पार्टी एकता टिकाउन नसकेकोको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पुर्याइदिएका थिए,’ तर टिकेन, प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई, मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ’, उहाँले भन्नुभयो ।
पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्