तम्घास (गुल्मी), ११ साउन । घरमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्