जनता टाइम्स

१३ श्रावण २०८२, मंगलवार २१:१६

एमाले संगठन विभागको प्रतिवेदन महासचिव पोखरेललाई बुझाइयो


काठमाडौं, साउन १३ । नेकपा (एमाले) संगठन विभागले पार्टी महासचिव शंकर पोखरेललाई आफ्नो कार्य प्रतिवेदन बुझाएको छ।

पार्टीको आसन्न विधान महाधिवेशनको तयारी स्वरूप केन्द्रीय कार्यालयले सबै विभागलाई प्रतिवेदन बुझाउन दिएको निर्देशनअनुसार सोमबार संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले उक्त प्रतिवेदन महासचिव पोखरेललाई हस्तान्तरण गर्नुभएको हो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्थायी कमिटी सदस्य एवं विभाग सदस्य भानुभक्त ढकाल, सचिव माधव ढुङ्गेललगायत नेताहरूको उपस्थिति थियो।

संगठन विभागको प्रतिवेदनमा पार्टीको संरचना, सदस्यता, संगठन विस्तार, कार्यशैलीमा सुधार र संगठन सुदृढीकरणका लागि अघि सारिएका योजनाहरू उल्लेख गरिएको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिनुभयाे ।

पार्टीका अन्य विभागहरूले पनि क्रमशः आफ्ना प्रतिवेदनहरू बुझाउने क्रम जारी रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।