रामेछाप, साउन २७ । मन्थली नगरपालिका–७ भटौलीकाे ठेडीखोला किनारबाट तामाकोशी नदीमा बगेर एक वृद्ध बेपत्ता हुनुभएको छ ।
भटौलीको मुगिटार निवासी ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता हुनुभएको हो । स्थानीय पाण्डव प्रसाईँका अनुसार बिहान नुहाएर घर जानुभएका उहाँ खाना खाएर केही बेर पछि पुनः नदीमा गई नुहाउन पसेर बेपत्ता हुनुभएको हो । ‘नदीमा अलिक तलसम्म उहाँको हात हल्लिएको देखेको एक व्यक्तिले बताएका छन्,’ प्रसाईँले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको रामेछापका प्रहरी प्रवक्ता इन्स्पेक्टर कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार वर्षाको भेलका कारण खोजीमा कठिनाइ भए पनि तालिम प्राप्त टोलीले घटनास्थल वरिपरि र नदीका अन्य भागमा समेत खोजी गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्