काठमाडौं, कात्तिक १६ । केन्द्रीय कारागार सुन्धाराबाट भागेका एकजना बन्दीले साथमा प्रहरीको ग्यास गन लगेको पाइएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानका क्रममा कारागारबाट भागेका बन्दी राजा तामाङ भनिने वाङ्सु लामाको साथमा ग्यास गन भेटिएको हो ।सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार लामाका साथबाट गोलीका ४ वटा कार्टेग पनि भेटिएको छ । हतियार बरामद भएपछि २२ वर्षीय लामालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ ।उनी ज्यान मार्ने उद्योगमा अदालतको आदेशअनुसार केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
केन्द्रीय कारागारबाट भागेका बन्दीको साथमा भेटियो प्रहरीको ग्यास गन














प्रतिक्रिया दिनुहोस्