काठमाडौं, कात्तिक १७। नेपाल प्रहरीका हालै बढुवा हुनुभएका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई पदस्थापन गरिएको छ ।
कात्तिक ९ गते बढुवा सिफारिस हुनुभएका उहाँहरूको बढुवा सदर भएसँगै पदस्थापनको निर्णय गरिएको हो ।
सो निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा, सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । त्यसैगरी ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र अबिनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ ।
उहाँहरूको पदस्थापनसँगै नेपाल प्रहरीको आन्तरिक व्यवस्थापन तथा अनुसन्धान संयन्त्रमा नयाँ उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ ।













प्रतिक्रिया दिनुहोस्