कञ्चनपुर, कात्तिक २२ । नेकपा (एमाले) कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आज बसेको जिल्ला कमिटीको सातौँ बैठकले धामीको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै पार्टी तर्फबाट सहयोग स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जिल्ला सचिवालयले जनाएको छ। बैठकले जिल्लामा सञ्चारकर्मी र सामाजिक क्षेत्रका व्यक्तिहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि पेसागत जिम्मेवारी पूरा गर्ने पत्रकारप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
नेकपा (एमाले) कञ्चनपुरका अनुसार सहयोग रकम चाँडै नै धामी परिवारलाई हस्तान्तरण गरिनेछ। बैठकले पार्टी संगठन विस्तार र जनपरिचालनका विषयमा विभिन्न निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्