काठमाडौं, कात्तिक २५ । सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आज मंगलबारदेखि लागू हुने गरी पदमुक्त गर्नुभएको हो ।
सरकारले भण्डारीले कानुनविपरीत रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोपमा सोमबार नै उहाँलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा राष्ट्रपतिले उहाँको पदमुक्तिको निर्णय गर्नु भएकाे हाे ।














प्रतिक्रिया दिनुहोस्