जनता टाइम्स

२८ कार्तिक २०८२, शुक्रबार १६:३३

दोलखामा एमालेद्वारा शक्ति प्रदर्शनसहितको प्रचार र्‍याली


चरिकोट, कात्तिक २८ । शनिबार दोलखाको चरिकोटमा हुने शक्ति प्रदर्शनसहितको आमसभाको प्रचारका लागि नेकपा एमाले दोलखाले शुक्रबार चरिकोटमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

शुक्रबार दिउँसो सुरु गरिएको र्‍याली सातदोबाटोबाट पाटीखोला, आर्मी ब्यारेक, टुँडिखेल, पशुपति डाँडा, चरिकोट बजार हुँदै बसपार्कमा पुगेपछि पुनः सातदोबाटोमा फर्किएर कोणसभा गरेर समापन भएको पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो।

र्‍यालीमा ठुलो सङ्ख्यामा मोटरसाइकल सहित युवाहरूको सहभागिता रहेको थियो।

एमाले दोलखाले शनिबार चरिकोटमा वृहत् जनप्रदर्शनको तयारी गरेको छ । जेनजी आन्दाेलनमा भएको प्रतिगमनको विरुद्धमा सो कार्यक्रम गर्न लागेको हो । भोलि एमालेले देश भरि नै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गर्दै छ ।