काठमाडौं, कात्तिक २८ । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्