जनता टाइम्स

६ मंसिर २०८२, शनिबार १७:४५

भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाको आन्दोलने नयाँ उर्जा दियो – प्रचण्ड


काठमाडौं, मंसिर ६ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकालरूपमा फैलिएको बताउनुभएको छ।वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताउनुभयो । भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरुले आवाज उठाउँदै आएको भए पनि अपेक्षित रुपमा सरकारले सुन्न नसकेको उहाँले बताउनुभयो ।

उहाले भदौ २३ र २४ गतेको जेन–जीको आन्दोलनले भ्रष्टाचारविरोधी अभियान र आफूहरुले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गरे।भ्रष्टाचारविरोधी आन्दोलनका लागि उहाँले युवाहरूलाई धन्यवादसमेत दिए।