जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०७:३३

नेकपाले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दै


काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।

अभियानको उद्घाटन आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । उद्घाटन समारोहमा पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपाले दसैँलगत्तै आन्दोलनमा जाने बताउँदै आएको थियो । अहिले सञ्चालन गर्न लागिएको जागरण अभियान सरकारमाथि दबाब बढाउन र पार्टीलाई थप बलियो बनाउन केन्द्रित रहेको नेताहरूले बताएका छन् ।

अभियानका कार्यक्रम र अन्य विवरण उद्घाटन समारोहबाट सार्वजनिक गरिने नेकपाले जनाएको छ ।