काठमाडौं, मंसिर ७ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले हालैका जेनजी आन्दोलन तथा विद्रोह विदेशी शक्तिले प्रेरित गरेको भनी गरिएका अभिव्यक्ति ‘लज्जास्पद’ भएको बताउनुभएकाे छ ।
उहाँले केही राजनीतिक नेताहरू दशकौँसम्म राज्यसत्तामा बसेर देशलाई आर्थिक र संस्थागत रूपमा कमजोर बनाएको आरोप लगाउँदै अहिले विदेशी हस्तक्षेपलाई दोष लगाउनु प्रपञ्चना मात्रै भएको बताउनुभयाे । किराँतीले भन्नुभयाे ‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ, हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ।’
उहाँले देशको सार्वभौमिकता कमजोर हुने अवस्था सिर्जना गर्नेहरू नै अहिले विदेशीमाथि दोषारोपण गर्ने मानसिकतामा पुगेको टिप्पणी गर्नुभयाे। ‘आफ्नो कोठा खुला राख्ने, धान छर्ने, भकारी राम्रोसँग नबाँध्ने अनि भँगेरा आयो भने भँगेरालाई दोष दिनुजस्तै हो,’ उहाँले भन्नुभयाे ।
२० वर्षदेखि राज्यसत्तामा ‘एकलौटी रूपमा’ प्रभाव राख्ने शक्तिहरूले नै देशलाई कङ्गाल पारेको आरोप लगाउँदै उहाँले भन्नुभयाे, ‘केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कङ्गाल बनाएर बसेका छन्,देशको स्वाधीनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने?’
देशले अब वैकल्पिक, जबाफदेही र जनमूलक नेतृत्वको खोजेकाे उहाँले बताउनुभाे । प्रगतिशील लोकतान्त्रिक पार्टीले त्यसको विकल्प दिन सक्ने उहाँकाे दाबी छ ।













प्रतिक्रिया दिनुहोस्