Janata Times
२०८३, ७ कार्तिक शनिबार
  • मूख्य समाचार
  • शिक्षा / स्वास्थ्य
  • समाचार
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • सूचना-प्रबिधि
  • प्रदेश
  • अन्य
    • अर्थतन्त्र
    • फोटो फिचर
    • मनोरञ्जन
    • मोडल
    • खेलकुद
    • विश्व
    • प्रवास
    • विचित्र संसार
    • पत्रपत्रिका
२०८३, ७ कार्तिक शनिबार
Janata Times

  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • समाचार
  • विचार
  • अन्तर्वार्ता
  • प्रबिधि
  • प्रदेश
  • अन्य
  • अर्थतन्त्र
  • फोटो फिचर
  • मनोरञ्जन
  • मोडल
  • खेलकुद
  • विश्व
  • प्रवास
  • विचित्र संसार
  • पत्रपत्रिका

जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १०:२०

देवीको ‘अदृश्य प्रतिमा’ बोकेर तीन घण्टाको यात्रासहित त्रिपुरासुन्दरी जात्रा सम्पन्न, बीसौँ हजार भक्तजनको सहभागिता


धादिङ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ झरिएको थियो। मङ्सिर महिनामा लाग्ने यो जात्रा देवीलाई आफ्नो घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार विशेष साइत हेरेर आयोजना गरिएको हो।

यो जात्रा आफैमा शक्तिपीठ, लोकविश्वास, इतिहास र सांस्कृतिक अध्यात्मको अद्भुत संगम हो। नेपालभरिका अन्य मन्दिरभन्दा फरक यहाँ भक्तजनले देवीको मूर्ति प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले पनि छुन नपाउने अनौठो र पवित्र परम्परा सदियौंदेखि कायम छ। देवीलाई मूलघरबाट माइतीघर झार्न झण्डै तीन घण्टाको अप्ठ्यारो ओह्रालोबाटो पार गर्दै पुजारीले पिठ्युँमा बोकेर लैजाने दृश्य नै मेलाको मुख्य आकर्षण हो।

जात्राको अवसरमा सांस्कृतिक उल्लासले सम्पूर्ण वातावरणलाई गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खडा–खुकुरी, अविरयात्रा, शंख–घण्टका ध्वनिसहित भक्तजनको जयजयकार र उत्साह चरममा पुगेको थियो। त्रिपुरासुन्दरी माईको मूर्ति नहेरी बाटोमै बसेर पूजा गर्ने चलनले देवीप्रतिको अटुट श्रद्धालाई जनाउँछ।

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।

धर्म र अध्यात्मको दृष्टिले हेर्दा, यस्ता पवित्र स्थलहरूमा पुग्दा मानिसमा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक उर्जाको संचार हुने विश्वास गरिन्छ। त्रिपुरासुन्दरीको आराधना केवल विधि वा संस्कार मात्र होइन, एक सामूहिक विश्वास र आत्मिक शक्तिको स्रोत हो।

सल्यानकोटबाट सुरु भएको यो भक्तियात्रा बेसी पुग्दा बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागीतामा विशाल जात्रामा परिणत भएको थियो। सोमबार बेसीमा न्वागी खाएपछि जात्रा सकिएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय बासिन्दा, भक्तजन र प्रशासनलाई धन्यवाद दिंदै भने, “सदियौंदेखि चलिँदै आएको यो पवित्र परम्पराले हाम्रो इतिहास, संस्कृति र सामूहिक अस्मितालाई जोगाउँदै आएको छ। यो जात्रा हामी सबैको लागि गौरवको विषय हो।”

         

 

प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

सोचेजस्तो रहेनछन् डाक्टर सुन्दुक रुइत, भगवान ठानेको त देखिए जताततै स्खलित

घरभित्र पुरुष मृत फेला, श्रीमती घाइते

साउदीमा ड्रोन आक्रमण, नेपालीसहित दुई जनाको मृत्यु

मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरण : आफैँ आलोचित भए पछि प्रहरीले यस्ता मुद्दा लिएर नआउन हिमेश पन्तलाई दियो चेतावनी 

jantatimes

संबन्धित

धार्मिक तथा सांस्कृतिक आस्था, प्रकृति र नेपाली पहिचानको सङ्गम रामेछापकाे बिटार पार्क

रामेछाप, कात्तिक ७ । छोटो दूरीको यात्रा, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र नेपाली मौलिक पहिचानको

घरभित्र पुरुष मृत फेला, श्रीमती घाइते

हेटौँडा, कात्तिक ७ । हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित घरमा एक पुरुष मृत फेला परेका छन् भने

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं, कात्तिक ७ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने

आज त्रयोदशीः दसैँको टीका लगाउने क्रम जारी

काठमाडौं, कात्तिक ७ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीका लागि आज पनि

चीनको सिजाङमा भूकम्पबाट भएको क्षतिप्रति नेपालको दुःख व्यक्त

काठमाडौं, कात्तिक ७ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.०

बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने अनुमान

म्याग्दी, कात्तिक ७ । बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब

नेकपाले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दै

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक ७ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा हल्का वर्षा

ताजा अपडेट

Logo
सुयोग मिडिया हाउस प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : २२६/२०७३-७४
  • कार्यालय सम्पर्क
  • Baneswor-10 Kathmandu, Nepal
    +९७७-०१-४०१११०२/ ९७७-९८५१०३४०२९
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • समाज
  • विचार
  • प्रबिधि
  • अर्थतन्त्र
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश खबर
  • प्रवास
  • मनोरञ्जन
सुयोग मिडिया टीम
  • अध्यक्ष : : गणेशबहादुर बस्नेत
  • सम्पादक : जीवनाथ शिवाकोटी
  • सहसम्पादक : नवराज पथिक
jantatimes
©2026 Janata Times | All Right Reserved. Website by Appharu