जनता टाइम्स

८ मंसिर २०८२, सोमबार २२:२९

महाधिवेशन प्रतिनिधि चयनका लागि दोलखा एमालेको निर्वाचन कार्यतालिका प्रकाशित


दोलखा, मंसिर ८। नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि चयनका लागि दोलखामा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन कमिटीले भोलि मंसिर ९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । मनोनयन दर्ता मंसिर ११ गते हुने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर १२ गते हुने भएको छ ।

मतदान मंसिर १३ गते हुने निर्वाचन कमिटीले जनाएको छ।

एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचनले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने  अपेक्षा गरिएको छ ।