जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार ११:१२

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई


काठमाडौं,  मंसिर ९।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो । उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।