काडमाडौं, मंसिर १० । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिनुभयो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज) सम्म तोकिएको थियो ।













प्रतिक्रिया दिनुहोस्