काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीलाई अध्यक्ष बनाएर फेरि देशको प्रधानमन्त्री बनाउने बताउनुभएको छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने छुट अरुलाई भए पनि प्रतिनिधिले विवेक प्रयोग गर्ने उहाँको भनाइ छ ।
धनगढीमा आयोजित युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष ओली बिनाको एमाले र एमाले बिनाको नेपाल कल्पना गर्न नसकिने बताउनुभयो । एमालेले बनाएकोे युथ फोर्सले प्रहरीको मनोबल उकास्ने र राष्ट्रियताको पहरेदारी गरिरहेको उहाँले बताउनुभयो ।
नेता बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आउनुभएको छ । नेकपा (एमाले) को पोलिट्ब्युरो सदस्य रहनुभएका बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन समेत गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्