काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष ठाकुर बिहीबार प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो।
अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो।’
उहाँले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनालाई गति दिन सरकारसँग आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्