जनता टाइम्स

२ पुष २०८२, बुधबार १६:५०

एमाले महाधिवेशन : ७ सय मत खस्यो


काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा ७ सय मत खसेको छ । यो अपराह्न ४ बजेसम्म खसेको मत हो ।

बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको थियो । मतदानका लागि २२ सय ६३ मतदाता रहेका छन् । मतदान सकिन कम्तिमा ८ बज्ने अनुमान गरिएको छ ।