काठमाडौं, पुस ४। नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा सहभागी नभई आफूलाई अलग राख्ने नेताहरूले उच्च राजनीतिक आदर्श र नैतिक उदाहरण स्थापित गरेको बताउनुभएको छ।
महाधिवेशनपछि सार्वजनिक धारणा व्यक्त गर्दै तामाङले नेतृत्व चयनको रस्साकस्सीमा सहभागी नभई पार्टी हितलाई प्राथमिकतामा राख्ने नेताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको हो। उहाँका अनुसार यस्तो आचरणले एमालेभित्र राजनीतिक संस्कार, अनुशासन र वैचारिक प्रतिबद्धताको सन्देश दिएको छ।
नेता तामाङले यी सबै नेताहरूको सामाजिक तथा राजनीतिक जीवनको थप सफलताको कामना गर्दै पार्टीभित्र अनुशासन, निष्ठा र आदर्शलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्