जनता टाइम्स

१० माघ २०८२, शनिबार ०८:२४

विवादास्पद ब्यापारी मालपानीसँग बालेनले कसरी लिए ८ करोडको गाडी उपहार ? (यस्तो छ नालिवेली)


काठमाडौं, माघ १० ।  काठमाडौंको मेयरबाट कार्यकाल सकिनु १ बर्षभन्दा अघि नै राजीनामा दिएर झापा ५ मा प्रतिनिधिसभाको उम्मेवारी दिनुभएका बालेन साहले मनोनयनपत्र दाखिला गर्न जाँदा आफैं हाँकेको ८ करोड रुपैयाँको डिफेन्डर गाडीको बारेमा सामाजिक संजालमा तीव्र बहस भइरहेको छ । उक्त ८ करोड मूल्यको डिफेन्डर गाडी विवादास्पद ब्यापारी करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स र गुट्खा उत्पादक श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानीको भएको यातायात ब्यवस्था बिभागबाट प्राप्त कागजातबाट खुलेको छ ।

मालपानीका छोरा नितेश मालपानी संचालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालिको नाममा उक्त गाडी रहेको छ । नबिल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणी त्रिमूर्ति इन्डष्ट्रिज प्रालि उल्लेख छ । बालेनलाई उक्त गाडी दिन मालापनीले अनाकानी गर्नुभएको एक स्रोतले जनाएको छ । तर यशोदा फुड्स र श्रीराम टोबाको कम्पनीमा १८ प्रतिशत सेयर निःशुल्क लिएका विवादास्पद बिचौलिया दीपक भट्टले जबर्जस्ती दिनैपर्छ भनेर उक्त गाडी उपहारस्वरुप बालेनलाई दिन लगाएको खुलेको छ । अब भावी प्रधानमन्त्री बालेन हो, यो गाडी दिनुपर्छ, भनेर भट्टले नै दिन लगाएको स्रोत बताउँछ । सामाजिक संजालमा बालेनका फलोअर्सले ८ करोडको गाडीको बारेमा प्रश्न उठाउनेलाई अति तल्लोस्तरमा गालीगलौज गरिरहेका छन् । तर मेयर भएको ३ बर्षमै ८ करोडको गाडी विवादास्पद राजस्व छलीमा मुछिएका र मानवस्वास्थ्यका लागि घातक गुट्खा उत्पादकसँग उपहार लिएर राजसी ठाँटबाँटमा चुनाव प्रचारमा जानेले भोलि प्रधानमन्त्री भएपछि कसरी सुशासन देला भन्ने प्रश्न त गर्न पाउनुपर्छ नि भन्नेहरु पनि सामाजिक संंजालमा देखिएका छन् । मालपानी विवादित ब्यापारी हुनुहुन्छ। उहाँको नागरिकता नै नक्कली भएको बताइन्छ ।

उहाँको बाबुबाजे नै भारतीय हुनुहुन्छ। उहाँ भारतबाट बिराटनगरमा आउनुभउको हो , त्यसपछि मासिक २ सय रुपैयाँ तलब पाउनेगरी भैरहवाका महेन्द्र शाक्य नामका ब्यापारीकोमा पुग्नुभएको थियो । पछि भारतबाट गुट्खा तस्करी गर्दै नेपालमा बिक्री गर्ने धन्दामा लागेको स्रोतले दावी गरेको छ । त्यसमा धेरै लाभ देखिएपछि उहाँले पछि तिनै महन्द्र श्रेष्ठलाई समेत साझेदार राखी गुट्खा उत्पादन नेपालमै ब्यापार सुरु गर्नुभएको थियो । आफूलाई भारतबाट बिराटनगर हुँदै भैरहवामा लगेर रोजगारी दिने महेन्द्रलाई ब्यापारीक साझेदार राखेका मालपानीले पछि उहाँलाई निकालेर गुट्खा कम्पनी एक्लौटी बनाउनुभएको थियो ।

गुट्खामा अन्तःशुल्क नतिरी रातारात करोडौंपति हुनुभयो । उहाँले करेन्ट चाउचाउ र मसलाहरु उत्पादनमा लाग्नुभयो। वाईवाई चाउचाउसँग हुबुहु मिल्नेगरी ट्रेडमार्क चोरी गरी करेन्ट चाउचाउ उत्पादन गर्न थाल्नुभयो । वाईवाई चाउचाउका संचालक बिनोद चौधरीले उद्योग बिभागमा ट्रेडमार्क चोरीको मुद्दा दिनुभयो। तर उद्योग बिभागका महानिर्देशक बाबुराम गौतम भएको समयमा उहाँलाई कुस्त घुस दिएर मुद्दा जित्नुभयो। चौधरीले मुद्दा हारेपछि उहाँसँग टक्कर लिन विवादास्पद बिचौलिया दीपक भट्टलाई करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स र श्रीराम टोबाकोमा १८ प्रतिशत सेयर दिनुभएको थियो। भट्टकै आग्रहमा मालपानीले बालेनलाई गाडी दिन दबाब दिएको खुलेको छ । मालपानीले दिएको ८ करोडको गाडी झापादेखि पाथीभरासम्म बालेनले हाँकेर गएपछि उनी प्रश्नको घेरामा पर्नुभएको हो । उक्त गाडी करिब ८ करोड मूल्य पर्ने भएको भन्दै इश्वर अर्यालले सामाजिक संजालमा प्रश्न उठाएपछि यो बिषय चर्चामा आएको छ । अर्यालले बुधबार ‘बालेनलाई कसले दियो ८ करोडको डिफेन्डर’ भन्ने बिषयमा प्रश्न उठाउनुभएको थियो । एक नागरिकका नाताले उक्त गाडीको बारेमा प्रश्न गर्दा अर्याललाई सामाजिक संंजालमा बालेनका समर्थकले अति तल्लोस्तरमा गालीगलौज गरेका छन् । आफूले डिफेन्डरको बारेमा प्रश्न सोधेपछि बालेनका समर्थकले सामाजिक संजालमा गालीगलौज गरेको अर्को स्टाटस भाग २ मा उल्लेख गरेका छन् । अर्यालले बालेनले चढेको गाडी एक जंकफुड ब्यवसायीको भएको उल्लेख गरे पनि नाम भने खुलाउनुभएको छैन ।

बालेनले झापा ५ मा उम्मेदवारी त दिनुभएको छ । अर्यालले लेख्नुभएको छ–‘बालेनलाई ती धनाढ्य तर विवादास्पद उद्योगपतीले त्यो गाडी चढ्न दिए । किन ? बालेनले प्रधानमन्त्री हुन्छु भनेर घोषणा नै गरेर निर्वाचनमा अझ केपी ओलीको गढमा चुनाव लड्दैछन् । हुनसक्छ, उनी प्रधानमन्त्री हुनेछन्, होऊन् । जनताले जिताए कसैको केही लाग्दैन । मुख्य प्रश्न के हो भने, हिजो १९ जना बच्चाबच्चीको ज्यान राज्यले लिएपछि भएको विद्रोहको म्यान्डेटअनुसार भएको चुनावमा प्रधानमन्त्री बन्ने लक्ष्य लिएका बालेनले आज लाखौँ बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्नेगरी जंक फूड उत्पादन गरिरहेका र अहिलेसम्म पुरानो राज्यसत्तालाई प्रभावमा पारेर उम्किरहेका एकजना विवादित धनाढ्यले किनेको गाडी किन प्रयोग गरे ? ’ दसौं करोडको कम तौलको गुट्खा बिक्री गर्दै ठगी, बाणिज्य बिभागले मारेको थियो छापा कमलकिशोर मालपानी, दीपक भट्टहरुले संचालन गरेको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा गएको बैशाखमा बाणिज्य बिभागले छापाहानी सिलबन्दी थियो ।

बिभागले उक्त कम्पनीबाट उत्पादित गुट्खा कम तौलको भएकाले छापा हानी सिलबन्दी गरेको थियो । त्यतिबेलाका महानिर्देशक कुमारप्रसाद दाहालले मालपानीको गोदामबाट कम तोलाको दसौं करोडको गुट्खा बिक्री भएको रेकर्ड भेट्टाए पनि करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिका समेत संचालक रहेका दीपक भट्ट र पूर्व विवादित नायबसुब्बा रघुनाथ घिमिरे पनि मालपानीको कारबाही फासफुस पार्न शक्तिकेन्द्रबाट दबाब दिनुभएको थियो । दीपक भट्टदेखि बाणिज्य बिभागभित्रका निर्देशकदेखि उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई समेत हातमा लिएर दाहाललाई मुद्दा चलाउन नै नदिई सरुवा गरिएको थियो । राजस्व अनुसन्धान बिभागसहित अन्य निकायलाई आफ्नै कब्जामा राखेका मालपानीले दाहाललाई सेटिङ गर्न खोज्दा उहाँले अस्वीकार गरेपछि उहाँलाई त्यहाँबाट हटाउन मालपानीका मित्र ज्ञवाली सक्रिय हुनुभएको थियो ।

मालपानीका अर्का साझेदार पूर्व नायबसुब्बा रघुनाथ घिमिरेहरु सबै शक्ति लगाएर उनको सरुवा बाणिज्य बिभागबाट गर्न लागेका थिए । घिमिरे जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने बहुचर्चित सुब्बा हुनुहुन्छ। तौल नपुगेका र अन्तः शुल्क समेत बुझाएका दसौं करोडका गुट्खा बजारबाट फिर्ता लिन लिखित निर्देशन दिएपछि त झनै मालपानीहरु दाहाललाई जसरी पनि सरुवा गराउन लागिपरेका थिए । श्रीराम टोबाकोको नाममा सुपारी तस्करी गुट्खामा अन्तःशुल्क स्टीकरदेखि अरबको कारोबार करोडमा मात्र देखाएर करछली गर्दैआएको श्रीराम टोबाकोका कमलकिशोर मालपानी र चुन्नप्रसाद पौडेलको समूहले सुपारी तस्करी समेत गर्दै आएको छ । श्रीराम टोबाकोल २०७९ मा २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको थियो । यत्रो परिमाणमा सुपारी आवश्यक नै नभए पनि उसले भारततर्फ तस्करीकै लागि गुट्खा उत्पादनका नाममा आयात गर्दैआएको छ । दीपक भट्टले शक्तिकेन्द्र मिलाएर श्रीराम टोबाकोको नाममा सुपारीको कोटा बढी लिने गर्नुभएको छ । जुन सुपारी भारततर्फ तस्करी हुँदैआएको छ । चुन्नप्रसाद शर्मा पौडेल मालपानीकै ब्यापारीक साझेदार हुनुहुन्छ । जो रुपन्देही ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ।