जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार १६:२४

तेह्रथुममा एमालेका भानुभक्त ढकालले बढाए अग्रता


तेह्रथुम, फागुन २२ । तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता बढाउँदै लैजानु भएको छ । ढकालले अहिलेसम्म ५१७६ मतका साथ अग्रता लिनुभएको छ।

उहाँलाई नेपाली कांग्रेसका सन्तोष लिम्बुले पच्छ्याइ रहनुभएको छ । लिम्बूले ४४६२ मत पाउनुभएको छ ।

यस्तै तेस्रो स्थानमा रास्वपाका उम्मेदवार सुरेन्द्र कार्की रहनुभएको छ। कार्कीले ४१८१ मत पाउनुभएको छ भने श्रम संस्कृति पार्टीका सबिन्द्र थेगुवाले २११२ मत पाउनु भएको छ ।