जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार २१:३३

कर्णालीको समानुपातिक मतमा अहिलेसम्म एमाले पहिलो


काठमाडौं, फागुन २३  ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षका साथै समानुपातिक मतगणना पनि जारी छ। यसै क्रममा कर्णाली प्रदेशको पछिल्लो परिणाम अनुसार समानुपातिक मतमा नेकपा एमालेले अग्रता लिएको छ।

यो प्रदेशमा हालसम्म एमालले १८ हजार ७४४ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ हजार ६९४ मत प्राप्त गरेको छ। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ हजार २६ मत प्राप्त गरेको छ। यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १३ हजार ९९३ मत पाएर चौथो स्थानमा छ।