जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार ०८:०१

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक


काठमाडौं, फागुन  २९  । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।

ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।