जनता टाइम्स

१ चैत्र २०८२, आईतवार १५:२१

संसदीय दलको नेता छान्न केही समय लाग्छ : रास्वपा


काठमाडौं, १ चैत्र ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताउनु भयो ।

उहाँले संसदीय दलको नेता बालेन्द्र शाह नै हुने जानकारी दिनुभयो । पूर्वसहमति र प्रतिबद्धताबाट दायाँबायाँ नहुने उहाँको भनाइ छ । उहाँले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रीय समितिको बैठक नै बस्नुपर्ने बताउनु भयो ।

दलको नेता छान्न आन्तरिक र अनौपचारिक रूपमा भने छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।उहाँले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ट नेता शाहलाई प्रधानमको उम्मेदवार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यान्वयन गर्ने प्रवक्ता झाको भनाइ छ ।