जनता टाइम्स

६ चैत्र २०८२, शुक्रबार २०:४४

वर्षाले दाउन्ने सडक प्रभावित, रातिमा मालवाहक गाडी सञ्चालनमा रोक


काठमाडौं,  चैत्र  ६।  वर्षाका कारण यातायात प्रभावित भएपछि नारायणघाट–बुटवल सडकखण्डमा आजबाट तीन दिन रातको समयमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) कार्यालयले आज एक सूचना जारी गरी चैत ६ गतेदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा ती सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ। अहिले सो क्षेत्रमा वर्षाका कारण सडक चिप्लिएकाले यातायात प्रभावित भएको छ।