जनता टाइम्स

७ चैत्र २०८२, शनिबार १३:१०

बुटवल-नारायणघाटको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध


बुटवल-नारायणघाटको दाउन्ने खण्डमा सडक ढलानको काम भैरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो भएर सवारी आवागमन अवरुद्ध हुँदै आएको छ ।

नवलपरासी पूर्व, चैत ७ । भारी वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

शुक्रबारदेखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज बिहानदेखि परेको वर्षाका कारण राजमार्ग  दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

राती मालवाहक सवारी चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूदा मालवाहक सवारी चलाउनल रोक लगाइएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।