जनता टाइम्स

१५ चैत्र २०८२, आईतवार ११:२५

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो


काठमाडौं, चैत १५ । शनिबार पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

अदालतमा उपस्थित गराउनुअघि उहाँलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो।

‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा भन्दै रमेश लेखक तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ हिजाे पक्राउ गरिएको थियाे।

पक्राउपछि केपी शर्मा ओली हाल टिचिङ अस्पताल मा उपचाररत रहनुभएको छ भने रमेश लेखक प्रहरी हिरासतमा रहनुभएको छ। म्याद थपका लागि दुवै जनालाई अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उहाँहरू शनिबार बिहान पक्राउ पर्नु भएकाे थियाे।