जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार १७:०९

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले अनुमति दिएन


काठमाडौं,  चैत १६ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिन अस्विकार गरेकाे छ ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दा सम्बन्धमा पक्राउ अनुमति माग्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दायर गरेकी थिइन्। प्रहरीले उक्त निवेदनका आधारमा पुनः मिसिल पेश गर्दै बस्नेतलाई पक्राउ गर्न अनुमति मागेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार, न्यायाधीश ध्रुव कार्की को बेञ्चमा मिसिल पेश गर्दा अदालतले अनुमति दिन अस्वीकार गरेको हो।

स्रोतका अनुसार, “एकपटक तामेली गरिसकेको मुद्दामा पक्राउ अनुमति दिन मिल्दैन,” भन्ने औचित्यसहित जिल्ला अदालतले मिसिल फिर्ता गरेको छ।

यस निर्णयसँगै महेश बस्नेत अहिले पक्राउको प्रक्रियाबाट सुरक्षित रहनुभएको छ र कानुनी प्रक्रिया अघि बढ्ने क्रम जारी रहनेछ।