जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार २०:१५

प्रधानमन्त्रीको आधिकारिक तस्बिर एकै दिन दुईपटक जारी, ब्रान्ड नाम हटाइएको खुलासा


काठमाडौं,  चैत १७ । प्रधानमन्त्री बालेन्द्र शाह को आधिकारिक तस्बिर एकै दिन दुईपटक सार्वजनिक गरिएको छ। दिउँसो पहिलोपटक सार्वजनिक गरिएको तस्बिरमा सानो संशोधन गरी दोस्रोपटक पुनः जारी गरिएको हो। प्रारम्भिक तस्बिरमा प्रधानमन्त्री शाहले लगाउनुभएको चश्मामा ‘रेबन’ (Ray-Ban) ब्रान्डको नाम स्पष्ट देखिएको थियो।

तर, दोस्रोपटक सार्वजनिक गरिएको तस्बिरमा उक्त ब्रान्ड नामलाई सम्पादन गरी हटाइएको छ। अन्य विवरण भने यथावत राखिएको छ। तस्बिरमा प्रधानमन्त्री शाह कालो पोशाक, कालो टोपी र कालो चश्मामा देखिनुभएको छ भने दुवै कानमा टप लगाउनुभएको छ।

सरकारी कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्बिर राख्ने परम्पराअनुसार उक्त तस्बिर सार्वजनिक गरिएको जनाइएको छ।

प्रधानमन्त्रीको तस्बिरमा गरिएको संशोधन र प्रस्तुत शैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। यस विषयले औपचारिक छवि, प्रोटोकल र सार्वजनिक प्रस्तुतीकरणबारे बहससमेत सुरु गरेको छ।