जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार १५:४१

एमाले संसदीय दलको नेता छान्न हुनेभयो चुनाव : बादल र सुहाङ उम्मेद्वार


काठमाडौं, चैत १८। नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र केन्द्रीय सदस्य सुहाङ नेम्वाङले दाबी गर्नुभएको छ । बैठकमा सहजीकरणका लागि उपाध्यक्षद्वय बिष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलसमेत सहभागी हुनुभएको छ ।

उपाध्यक्ष बादलसहित बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव पोखरेल सहभागी बैठकमा सुहाङले पार्टीको नीति प्रभावशारी रुपमा संसदमा लागू गर्न र जनतामा सुधारिएको एमालेको सन्देश दिन आफूलाई दलको नेता बनाउन प्रस्ताव राख्नुभएको थियो ।

यता बादलले आफू पार्टीको अध्यक्षपछिको बरियतामा रहेको भन्दै दलको नेता अरुलाई छाडनै नमिल्ने बताउनु भएको थियो । दुवै जनाले दावी नछाडेपछि निर्वाचनमार्फत दलको नेता चयन गर्न लागिएको हो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसक्नुभएको छ भने सुहाङले उम्मेदवारी दर्ताका लागि पत्र लैजानुभएको छ ।